एजेन्सी – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकाराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले चिन्ता व्यक्त गरेको छ ।

जर्मन सरकारका प्रवक्ता स्टेफेन सेइबर्टले पत्रकारहरूसँगको कुराकानीमा टर्कीका राष्ट्रपतिले गरेको टिप्पणीबाट आफूहरू चिन्तित र अन्योलमा रहेको बताएका छन् ।

उनले भने, ‘यद्यपि टर्की पक्षबाट कुनै औपचारिक सूचना आएको छैन । हामी धम्कीबाट प्रभावित अन्य देशहहरूसँग नजिकको परामर्शमा छौं।’