विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारतले हारेपछि पञ्जाबमा कश्मीरी विद्यार्थीमाथि आक्रमण भएको छ । गए राति भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै इतिहास रचेको थियो ।

त्यसपछि पञ्जाबमा रहेका कश्मीरी विद्यार्थीमाथि हमला भएको कश्मीर मुद्दाबारे रिपोर्टिङ गर्ने विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । फ्रि प्रेस कश्मीरका अनुसार विश्वकप क्रिकेटमा भारतमाथि पाकिस्तानको जितपछि पञजाबको एक कलेजमा अध्ययन गर्ने कश्मीरका विद्यार्थीमाथि कुटपिट भएको छ ।

कश्मीरका विद्यार्थी बस्ने होस्टेलमा कुटपिट भएको र उक्त कुटपिटको भिडियो एक विद्यार्थीले फेसबुकमा लाइभ गरेको समाचारमा उल्लेख छ ।खबरपछि पञ्जाबमा रहेका कश्मीरी विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न आवाज उठिरहेको छ ।