काठमाडौं – आगामी बुधबारदेखि नेपालीहरु सिङ्गापुर भ्रमणमा जान पाउने भएका छन् । सिङ्गापुरले नेपालसहित एसियाका ५ मुलुकलाई भ्रमण प्रतिबन्धबाट हटाएसँगै यो अवसर खुलेको हो । यसअघि सिङ्गापुरले नेपालसहित कतिपय मुलुकबाट आएका मानिसहरुलाई आफ्नो देशमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको थियो ।

कोरोना भाइरस महामारीको प्रकोप बढ्दै जाँदा लगाइएको उक्त प्रतिबन्ध अहिले महामारी साम्य हुँदै गएको र खोप लगाउने नागरिकको संख्या पनि उल्लेख्य बढेका कारण हटाइएको हो । नेपालसहित भारत, बंगलादेश, बर्मा, पाकिस्तान र श्रीलंकाबाट आउने यात्रुका लागि लगाइएको प्रतिबन्ध सिङ्गापुरले हटाइदिएको हो ।

अब पनि सिङ्गापुर भ्रमणका लागि वा सिङ्गापुर ट्राञ्जिट भएर जानका लागि यात्रुले आफ्नो पछिल्लो १४ दिनको ‘ट्राभल हिस्ट्री’ देखाउनु पर्ने छ ।