काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले वृद्धि भएर रु ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबार भएको कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले वृद्धि भएर एक हजार २ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।