प्रतीकात्मक तस्वीर
काठमाडौं — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय खिमबहादुर बुढा छन् । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रका सुर्खेतबाट खटिएको संयुक्त टोलीले बुढाको साथबाट ८ ग्राम ८ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । एक पुरिया खैरो हेरोइन उनको साथबाट र २ पुरिया घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगर–२ स्थित कोलडाँडा घर भएका खिमबहादुरलाई जिल प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।