प्रतीकात्मक तस्वीर
वीरगञ्ज – स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पञ्चायत वेलवाघाट–५ बस्ने २२ वर्षीय सुशीलकुमार साह रहेका छन् । सीमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको इशनाथ नगरपालिका–१ बन्जरहास्थित बकैया खोलाको बाँधमा चेक जाँच गर्ने क्रममा उक्त रकमसहित साहलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनले बोकेको झोलाबाट स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँ बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।