प्रतीकात्मक तस्वीर
बङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा आज अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ ।

रोहिङ्ग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ ।
आज बिहान चार बजे हमला भएको हो ।


जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ परेको छ । उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले अन्य हमलाकारीहरुको पनि खोजी गरिहेको छ ।