प्रतीकात्मक तस्वीर
काठमाडौं — १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको माछापोखरीबाट एक पुरुष पक्राउ परेका छन् ।
किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा माछापोखरी डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई हिजो राती पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।