काठमाडौं – नेपाली बजारमा आज सुनकोे मूल्य स्थिर रहेको छ । हिजो तोलामा ३ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १० रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले सस्तिँदै एक हजार २ सय ५० रुपैयाँमा झरेको हो ।