प्रतीकात्मक तस्वीर
काठमाडौं — काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर–६ स्थित फर्पिङमा मजदुरको हत्या भएको छ । वर्ष ५० का गोदे राईको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले बताउनुभयो ।
विगत ५ वर्षदेखि सो क्षेत्रमा मजदुरी गर्दै आएका राईको शव मंगलबार फर्पिङस्थित हरिकृष्ण श्रेष्ठको गोठको माथिल्लो तलामा फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको छ ।
हत्यामा उनको साथीको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी प्रभाग फर्पिङले घटनाबारे अनुसन्धान गरिरहेको छ ।