काठमाडौं । पुँजी बजारमा भएको सुधार एक दिन पनि टिक्न सकेन । नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव हिजो पुँजी बजारमा देखिएको थियो । सोमबार ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से राष्ट्र बैंकको ब्याजदरसम्बन्धी परिपत्रपछि हिजो ६० अङ्कले सुधारिएको थियो । तर, त्यो सुधार एक दिन पनि टिक्न नसकेको हो ।

आज सेयर बजार परिसूचक नेप्से १४.७० अङ्कले झरेर २ हजार ५ सय ५६.९५ विन्दुमा आइपुग्यो । कारोबार सुरु भएलगत्तै दोहोरो अङ्कले बढेको बजार पछि उतारचढाव हुँदै दोहोरो अङ्कले नै झ¥यो ।यस दिन अन्य समूह २१.९१ अङ्कले बढ्यो भने म्युचुअल फन्ड समूह पनि सकारात्मक मात्रै रह्यो । अरू कारोबार भएका सबै समूहमा भने गिरावट आयो । जीवन बिमा र उत्पादनमूलक समूह समान १०५।१०५ अङ्कले घट्यो भने विकास बैंक समूहमा पनि ९४ अङ्कको गिरावट आयो । यस दिन कारोबार परिमाणमा पनि गिरावट आयो । २ सय १६ कम्पनीको जम्मा ६१ लाख कित्ता सेयर दुई अर्ब ६३ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने जोशी हाइड्रोपावर र गुडविल फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ५।५ प्रतिशत बढीले घट्यो ।