काठमाडौं —गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको गीतमा राजेश थापाको सङ्गीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम र प्रेममा धोकाको कथा बुनिएको छ ।

उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने, विपना सुवेदीको अभिनय भिडियोमा देख्न सकिन्छ । सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गर्नुभएको हो । योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोको विकल्प क्रियशनले आफ्नो युट्युवबाट सार्वजनिक गर्नुभएको हो ।

यो गीतको छिट्टै नितिन गजुरेलको स्वरमा मेल भर्सन आउने र उक्त भिडियोको सस्पेन्स सो गीतको भिडियोले खोल्ने निर्देशक कोइरालाले बताउनुभयो ।