प्रतीकात्मक तस्वीर
काठमाडौं — भक्तपुरको लोकन्थलीबाट ८० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वर बस्ने बागलुङको गल्कोट नगरपालिका–१०, पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर पुनमगर छन् । उनलाई गए राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रुपैयाँ फेलापारेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहरभवन पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।