काठमाडौं – नेपाल राष्ट्र बैंकले मङ्गलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९दशमलव ३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बङ्गलादेश, एनसीसी र सिभिल बैंकले समान ९दशमलव ३६ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९ दशमलव ३६ प्रतिशत तोकेका छन् ।

कुन बैंकको ब्याजदर कति :

बैंकमुद्दति निक्षेपमा अधिकतम ब्याजदर %
नेपाल एसबीआइ 9.41
हिमालयन9.36
सिद्धार्थ 9.36
नबिल 9.36
एभरेष्ट9.36
माछापुच्छ्रे9.36
बैंक अफ काठमाडौं9.36
सेञ्चुरी कमर्सियल9.36
नेपाल बंगलादेश9.36
प्राइम 9.36
ग्लोबल आइएमइ9.36
एनएमबी9.36
कुमारी 9.36
एनआइसी एसिया9.36
मेगा बैंक9.36
नेपाल इन्भेष्टमेन्ट9.35
लक्ष्मी 9.35
सनराइज9.06
सानिमा 9.06
कृषि विकास 8.85
सिटिजन्स8.8
प्रभु8.57
राष्ट्रिय बाणिज्य8.36
नेपाल8.36