काठमाडौं – सामलिङ पावर कम्पनीले आजबाट आवेदन दिन सक्ने गरी सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

जारी आईपीओमा सर्वसाधारणलाई मात्र नभएर कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर सुरक्षित गरिएको छ । जसमा कर्मचारीले कुल ७ लाख ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् भने सामूहिक लगानी कोष कम्पनीका लागि ३६ हजार ५ सय कित्ता शेयर छुट्याइएको छ ।

बाँकी रहेको ६ लाख ७८ हजार ९ सय कित्ता शेयरमा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् । १०० रुपैयाँ अंकित दरको शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ। बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । आवेदन ८ कार्तिक सम्म खुला रहने छ ।

कम्पनीलाई रेटिङ कम्पनी इक्रा नेपालले आई आर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।