काठमाडौं – बागमती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान गठबन्धनको बैठक बस्ने भएको छ । आज अपराह्न बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

सत्तारुढ दल नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका एक नेताका अनुसार आज बिहानको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । गठबन्धनमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।

गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो । आजको बैठकमा उहाँले विश्वासको मत लिनुहुनेछ । बागमती प्रदेशसभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।