काठमाडौं – नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ । अघिल्लो दिन ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से आज ६० अङ्कले सुधारियो ।

कारोबारलगत्तै बढेर २५८९ पुगेको नेप्से पछि केही झरेर २५७१ दशमलव ६६ विन्दु कायम भएको छ । यस दिन नेप्से ६० दशमलव ५६ अङ्कले बढेको हो । यस दिन आँखुखोला जलविद्युत्, युनिभर्सल पाउन कम्पनी र मैलुङखोला जलविद्युत्को सेयरमा पोजिटिभ सर्किट लाग्यो भने पाँचवटा कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत बढीले बढ्यो ।

यस दिन कारोबार भने न्यून नै रह्यो । २१७ कम्पनीको मात्र ६१ लाख कित्ता सेयर दुई अर्ब ६७ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।