काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ जुन सोमबार प्रतितोला रु ९० हजार ८ सयमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १० रुपैयाँले बढेर एक हजार २ सय ३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २ सय २५ मा कारोबार भएको थियो ।