काठमाडौं – नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका सबै बाणिज्य बैंकहरुले बचत र मुद्दती दुबै खातामा ब्याजदर बढाएका छन् । बैंकमा तरलता अभाव भएसँगै बैंकहरुबीच ब्याजदर बढाउन प्रतिस्पर्धा चलेको छ ।

पछिल्लो विवरण अनुसार कतिपय बैंकले मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज दिने गरी आकर्षक योजना अघि सारेका छन् । हिमालयन बैंक, लक्ष्मी बैंक, एनआइसी एसिया बैंकले अफर गरेको ब्याजदर ११ प्रतिशतभन्दा बढी छ ।

मुद्दती खातामा रकम जम्मा गर्ने ग्राहकलाई १० प्रतिशतभन्दा बढी ब्याजदर घोषणा गरेका बैंकहरुमा बैंक अफ काठमान्डु, सेन्चुरी बैंक, सिभिल बैंक, कुमारी बैंक, नेपाल बंग्लादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, सिद्धार्थ बैंक र सनराइज बैंक रहेका छन् ।

बैंकहरुले तरलता कायम राख्न र लगानीयोग्य रकम जम्मा गर्न पनि ब्याज बढाएका हुन् । तर यसले बैंकबाट कर्जा लिएका व्यक्तिहरु त्रसित भएका छन् । उनीहरुमा बैंकले ब्याज बढाउने चिन्ता थपिएको छ ।

हेरौं पछिल्लो ब्याजदर