काठमाडौं – सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/.३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो । नेपाली टोली आज मात्र नेपाल फर्किएको थियो ।