काठमाडौ – कात्र्तिक महिनाको पहिलो दिन आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८सय रुपैयाँमा कारोबार भैरहेको छ । गत सोमबार प्रतितोला रु ९० हजार १ सय ५० मा कारोबार भएको थियो । महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २ सय २५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु एक हजार १ सय ८० मा कारोबार भएको थियो ।