सांकेतिक फाइल तस्वीर ।
स्याङ्जा – गण्डकी प्रदेशको स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । गल्याङमा भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन बिकले जानकारी दिए अनुसार बुटवलको लागि गुल्मीको हर्मिचौरबाट यात्रु लिएर छुटेकोे लु. ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका २ स्थित जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको हो ।

प्रहरी निरीक्षक बिककाअनुसार उक्त जीपमा छ जना यात्रु रहेकोमा दुुईको अवस्था गम्भीर छ । तीन जना घाइते भएका छन् । एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि १५० मिटर तल खसेर छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।