काठमाडौं – नेपालले ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । माल्दिभ्समा सञ्चालन भएको खेलमा आज बुधबार नेपालले बङ्गलादेशसँगको खेलमा १–१ गोलको बराबरी खेल्दै फाइलनमा पुगेको हो ।

खेलको ८ औं मिनेटमा बङ्गलादेशी टिमका लागि सुमन रेजाको सुन्दर हेड गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर नेपालले खेलको ८८ औं मिनेटमा पेनाल्टीमार्फत् बराबरी गोल गर्दै उपाधिको लागि बाटो तय गरेको छ । नेपालका लागि अन्जन विष्टले पाएको पेनाल्टीलाई जालि चुमाए पछि नेपाल फाइनलमा पुगेको हो । सन् १९९३ देखि सुरुभएको साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएन । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ ।

आजै राति आयोजक माल्दिभ्स र भारतबीच अर्को खेल हुँदैछ । फाइनलमा स्थान बनाउन भारतलाई जित आवश्यक पर्नेछ भने माल्दिभ्सलाई बराबरी भए पुग्नेछ । भारत सर्वाधिक साफ च्याम्पियनसिप जित्ने राष्ट्र हो भने माल्दिभ्स पनि साफ च्याम्पियनसिपको उपाधि उचालिसकेको छ । चालु संस्करणमा भारतले अपेक्षिकृत खेल प्रदर्शन गर्न सकेको छैन । यस अघि भारतले नेपाललाई १–० गोलले पछि पार्दै माल्दिभ्ससँगको भेट पक्का गरेको हो । आज राति हुने खेलमा जस्ले जित्ने छ उसैले नेपालसँग फाइनलमा भिड्ने छ ।