पत्रपत्रिकाबाट

काठमाडौं –नेपाली काङ्ग्रेसले सत्ताको नेतृत्व लिएपछि काँग्रेसको १४ औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि काँग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको हो ।

देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा देउवा पार्टीका काममा भन्दा सरकार र गठबन्धनका काममा अल्झँदै आएको छ । (राजधानी दैनिकबाट)