पोखरा – गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मन्त्री नियुक्त भए पनि उहाँको मन्त्रालय भने तोकिएको छैन । यसअघि उहाँ मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बन्नुभएको थियो ।

उहाँलाई मन्त्रीको सूचीबाट हटाएकोमा प्रदेश सरकारको विरोध भएको थियो ।