काठमाडौं – ललितपुरबाट ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई घर बनाउने काम दिलाएका सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबरजस्ती करणी गरेको भन्ने उजुरीमा प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।