काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोहि अवधिमा ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ९ सय ६२ जनामा एन्टिजेन विधिबाट परीक्षण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ४३ पुगेको छ । आज ८ सय ८८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर १४ हजार ७ सय ८७ सक्रिय सङ्क्रमित रहेका छन् ।