काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य हिजोको तुलनामा एक सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २ सय रुपैयाँ पुगेको हो ।