एजेन्सी – उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा आत्मघाती बम हमला हुँदा कम्तीमा ५० जना मारिएका छन् । मृतकको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । हमलामा एक सय जनाभन्दा बढी घाइते भएका छन् । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

आक्रमणमा मारिएकाहरूको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।