मुम्बई — बलिउड सुपरस्टार शाहरूख खानका छोरा आर्यन सहित अरू सातजनालाई न्यायिक हिरासतमा पठाइएको छ ।

हिजो अदालतमा भएको सुनुवाइपछि आर्यन खान, अर्बाज मर्चेन्ट र मुनमुनलगायत आठजनालाई १४ दिने न्यायिक हिरासतमा पठाइएको हो । लागुऔषधसम्बन्धी मुद्दामा पाँच दिन नारकोटिक्स कन्ट्रोल ब्युरोको हिरासतमा बसेका उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको हो । एनसीबीको टोलीले असोज १६ गते आर्यनसहितले पानीजहाजमा गरिरहेको ‘रेव पार्टी’मा छापा मारेको थियो भने असोज १७ गते एनसीबी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
यता, आर्यनका वकिल सतीश मानसिन्देले अन्तरिम जमानतका लागि निवेदन दिनुभएको छ । त्यसको सुनवाइ भोली हुँदै छ ।