काठमाडौं — आज नेपाली बजारमा छापावाल सुनको मूल्य थप २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत बिहीबार तोलामा ५सय रुपैयाँले वृद्धि भएर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज थप २ सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत २ सय रुपैयाँले नै वृद्धि हुँदै ९० हजार १ सय ५० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज गत बिहीबारकै मूल्य कायम रहँदै अस्थिर रहेको महासङ्घले जनाएको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।