प्रतीकात्मक तस्वीर
काठमाडौं — मध्यरातमा हल्ला गरेर तास खेलेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायणबाट १६ जना जुवाडे लाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–४ खोरियागाउँस्थित ईश्वर तामाङको पुल हाउसबाट तास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको भक्तपुरका एसपी शिव कुमार श्रेष्ठले बताउनुभयो ।

पक्राउ पर्नेमा पुल हाउसका संचालक ईश्वर तामाङ, चाँगुनारायण नगरपालिका बस्ने विष्णु बहादुर तामाङ, अजय पुडासैनी, तिलक तामाङ, सुजन तामाङ र सुमित तामाङ सहित अरु १६ जना रहेका छन् उनिहरुको साथबाट प्रहरीले ४१ हजार नगद बरामद गरेको छ । आरोपीहरुलाई जुवा ऐनमा मुद्दा चलाइने एसपी श्रेष्ठले बताउनुभयो ।

आरोपीहरुले मनोरञ्जन गर्ने उद्देश्यले जुवा खेलेपनि मध्यरातमा होहल्ला गरेर अरुलाई डिस्टर्ब गरेको हुनाले प्रहरीले मुद्दा चलाउने निर्णय गरेको छ । यसअघि असोज १५ मा सोही ठाउँमा सुमन तामाङको घरमा संचालित जुवा खालबाट पक्राउ गरिएका ४ जनाले ६ हजार धरौटी तिरेर छुटेका थिए ।