प्रतीकात्मक तस्वीर
काठमाडौं — कैलालीको धनगढीबाट प्रहरीले लागुऔषध सहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अजयमेरु गाउँपालिका घर भएकी ३४ वर्षीया आशा विष्ट छिन् । उनको साथबाट ९ ग्राम २ सय ७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७ सय ७० मिलिग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले जानकारी दिनुभएको छ । आरोपी धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा डेरा लिएर बस्दै आएकी छिन् ।

वडा प्रहरी कार्यालय धनगढी बाट खटिएको टोलीले उनको डेराबाट सो लागुऔषध बरामद गरेको हो । आरोपीबिरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी विष्टले बताउनुभयो ।