काठमाडौं — आज नेपाली बजारमा सुनचाँदी दुबैको मुल्य वृद्धि भएको छ । गत बुधबारको तुलनामा आज सुन तोलामा ५सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँ र चाँदी एक हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत बुधबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा र चाँदी एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५सय रुपैयाँले नै बढेर ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।