काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाएपछि हैदरावादले रोमाञ्चक जित हात पारेको हो ।

बैंगलोरका देवदूत पडिकलले सर्वाधिक ४१ र ग्लेन म्याक्सवेलले ४० रन बनाए । एबी डी भिलियर्सले अविजित रहँदै १९ रन बनाए पनि जितसम्म पुर्याउन सकेनन् । हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक÷एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

हैदरावादका लागि जासन रोयले ४४ र कप्तान केन विलियम्सनले ३१ रन बनाए । बैंगलोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए । यस सिजन हैदरावादको यो १३ खेलमा तेस्रो जित हो । पराजित बैंगलोर १३ खेलबाट १६ अङ्कसहित तेस्रो स्थानमा छ ।