कर्णाली – नेपाली काङ्ग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराए ।

विजयी ऐनले ४ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्गले ३ सय ५० मतमा चित्त बुझाए । कूल ७ सय ५६ मत खसेकामा १६ मत बदर भएको छ । अन्य पदाधिकारीमा पनि देउवा पक्षकै वर्चश्व छ । उपसभापतिमा कर्ण रावल र हरिजंग शाही विजयी भएका छन् । सचिवमा जन्मजया भण्डारी र लोकेन्द्रबहादुर मल्ल विजयी भएका छन् ।

मुगुका निर्वाचन क्षेत्रमा पनि देउवा पक्षले जितेको छ । प्रदेश ‘क’मा कार्मा फुल्जोक लामा र ‘ख’ मा लोकराज दाहाल सभापति बनेका छन् ।मुगुमा देउवा पक्षले सभापति, उपभापति, दई सचिव, एक सहसचिव, १३ सदस्य र १७ महाधिवेशन प्रतिनिधि जितेको छ ।