रुपन्देही – लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच पनि आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा नयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।
कूल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रहेको छ । यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११ दशमलव ८२ प्रतिशत विनियोजन गरिएको छ ।