शान्ता दाहाल
‘उहाँको ज्यान बँच्यो, यही हो मेरो सन्तुष्टि’
“उहाँको लिभर बिग्रेको थियो । जीवन मरणको दोसाँधमा सङ्घर्षरत हुनुहुन्थ्यो । मैले एउटा मृत्युवरणको सङ्घारमा पुगेको डाक्टरलाई बचाउन सकेंभने हजारौं बिरामीहरुले उहाँबाट उपचार लिन सक्छन् र नयाँ जीवन पाउन सक्छन् भन्ने महशुस गरें । म आपैंm रोगी र अशक्त हुँदाहुँदै पनि उहाँलाई लिभर दिने निर्णय गरें । यो मेरो निर्णय घरपरिवार कसैको लागि पनि पाच्य हुँदैन भन्ने जान्दाजान्दै पनि मैले एउटा डाक्टरलाई बचाउने प्रतिज्ञा गरे ।”
यो भनाइ हो सामान्य गृहणी शान्ता दाहालको । उनको मन कति ठूलो र दिलदार छ भन्ने कुरा यिनै माथिको उद्दरणबाटै प्रष्ट हुन्छ । त्यो क्षणलाई जो कसैले कल्पना गर्नै सक्दैन । शान्ता दाहाल तिनै महिला हुन् जसले देशको एउटा होनहार चिकित्सकलाई बचाउन कमजोर स्वास्थ्य भएर पनि आफ्नो लिभर दिन तयार भइन र भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा पुगिन् । उनको यो साहसिक निर्णय देखेर उक्त अस्पतालका चिकित्सकहरु नै छक्क परे । आपैंm एउटा अशक्त बिरामीले अर्को अशक्त बिरामीलाई बचाउने प्रतिज्ञा गर्छ भन्ने जो कसैले विश्वास गर्नै नसक्ने कुरा हो । तर यो वास्तविकता हो, यर्थाथ हो र कटु सत्य पनि ।
चार दशक अघि पश्चिम नेपालको बर्दियाको गुलरियामा बुवा खेतराज उपाध्याय पोखरेल र आमा दुर्गादेवी पोखरेलको कोखबाट जन्म लिएकी शान्ता, नाम जस्तै शान्त र सुशील छिन् । आमा बुवाका पाँच सन्तानमध्ये उनी माइली छोरी हुन् । २०४४ साल फागुन ७ गते ओखलढुङ्गाका पुरुषोत्तम दाहालसँग लगनगाँठो कसिदिए बुवा आमाले । शान्ता १९ वर्षकी मात्र थिइन, उनी बैवाहिक बन्धनमा बाँधिदा । विवाह पछि घर धन्दा समाउनु पर्ने भयो । उनलाई पढ्ने चाहना हुँदाहुँदै पनि आइ.ए.भन्दा माथि पढ्न पाइनन् । ‘पढ्दा पढ्दै विवाह भयो, घरमा स–साना देवरहरु, उनीहरुको हेरचाह गर्दागर्दै आपूmले पढ्न नपाई बीचैमा छोडे’– भन्छिन् शान्ता ।
सम्भ्रान्त परिवार र तराईमा जन्मिएकी शान्तालाई ओखलढुङ्गाको भौगोलिक जटिलता त्यसमाथि पराइ घर, घरपरिवारका सबैलाई सक्दो मानसम्मान गर्नुपर्ने, कम्ता सकस भएन, आफ्नो अतितलाई संस्मरण गर्दै उनी सुनाउँछिन् । ठूलो परिवार भएको घरमा सासु, ससुरा, देवर, छोराछोरी सबैको दायित्व निर्वाह गर्दा धेरै गाह्रो हुने गर्दथ्यो । आफूलाई जतिसुकै दुःख पर्दा पनि कसैसँग सुनाइनन्, सबै दुःखलाई घुटुक्कै निलिदिन्थिन् शान्ताले । जीवनका उकाली ओरालीहरुका पाइला–पाइलामा चोट खेप्दै गइन् उनले । बैवाहिक जीवनमा बाँधिएको दुई वर्ष पुग्दा नपुग्दै निरङ्कुश पञ्चायती व्यववस्थाका विरुद्ध उठेको २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका दौरानमा आफ्नो श्रीमान्लाई प्रहरीले गिरफ्तार ग¥यो । एकातिर श्रीमान्को गिरफ्तारी र यातना अर्को तिर घरपरिवारको जिम्मेवारी असैय पीडानुभूति भयो उनलाई । तर पनि हिम्मत हारिनन् दःुखलाई जित्न जानेकी शान्ताले । श्रीमान्को गिरफ्तारीका बारेमा नत घर परिवारलाई खबर गरिन् न त माईतिलाई नै । उनी भन्छिन् –‘मैले उहाँ गिरफ्तार भएको कुरा कसैलाई पनि भनिन’ । भोकै बसिन तर आफन्तसँग केही भनिनन् शान्ताले । देखेको पाइन्न लेखेको पाइन्छ, आफ्नो भाग्यमा यस्तै रैछ भनी सङ्घर्ष गरिरहिन उनले ।
‘मानिस जन्मियो, मृत्यु अवश्यंभावी छ । त्यसैले जीवन केही होइन । घमण्ड गर्नु व्यर्थ हो भन्ने बुझेकी शान्ताले खाना पकाउँदै गर्दा कसैले आफ्नो श्रीमान् (प्राध्यापक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल) सँग फोनमा कुरा गरेको सुनिन् । त्यो फोन चिकित्सा क्षेत्रमा कहलिएको एकजना चिकित्सक जस्ले लाखौं बिरामीको उपचार गरी मृत्युको मुखबाट बचाउँदै आएका थिए । शान्ताका मामा अर्थात् एउटा सफल चिकित्सक डा. गोविन्द शर्मा रहेछन्, आफ्नो श्रीमान्सँग टेलिफोनमा कुरा गर्ने व्यक्ति । कुराकानीका दौरानमा लिभर दिन्छु भन्नेहरु कोही आएनन् । दिन आएकाहरु पनि सबै फर्किसके भनेको सुनिन शान्ताले । उनको मनमा अनेकौं कौतुहलता उब्जियो । आफ्नो मनको कौतुहलतालाई मेट्न घरमा कोही नभएको मौका पारी मामा (डा. गोविन्द शर्मा) लाई फोन गरेर सबै वास्तविकता बुझिन् । अनि उनले मृत्युवरणको संघारमा पुगेका मामालाई आश्वस्त पार्दै भनिन् –‘म दिन्छु लिभर, म बचाउँछु हजुुरलाई’ ।
कति साहसिक र कठोर निर्णय गर्न पुगिन शान्ताले एकाएक कुनै कुरा नसोची । उनले आफ्नो स्वास्थ्य, ससाना छोराछोरी कसैको पर्वाह गरिनन् । श्रीमान्ले के भन्नुहुन्छ भन्ने कुनै मतलब राखिनन् । सोचिन त १ केवल आफ्नो लिभर दिएर मामालाई पुनर्जन्म दिन्छु । यो कठोर निर्णय आफ्नै लागि समेत कति खतरनाक हुन्छ भन्ने हेक्कासम्म पनि राखिनन् शान्ताले । किनकी उनी आपैंm बिरामी थिइन् । सुन्दा पनि आँङ् नै सिरिङ्ङ हुने । एउटा कुनै सिनेमाको रिल जस्तो । पत्याउनै कठिन ।
एउटा दाम्पत्य जीवन बिताउँदै आएकी महिलाले आफ्नो लोग्ने र छोराछोरीको सहमति बिना नै कोही नातेदारलाई आफ्नो शरीर काटेर बचाउने प्रतिज्ञा गर्नु सानो कुरा थिएन । आपैंm बिरामी र अशक्त हुँदाहँुदै पनि लिभर दिन्छु भन्दा पुनर्जीवन चाहने जो कोही बिरामीले पनि सहजै ‘हुन्छ’ भन्नु अस्वभाविक होइन । मृत्युको मुखमा पुगेको डाक्टरलाई एउटा बिरामी महिलाले आफ्नो लिभर दिएर ‘म बचाउँछु’ भनी गरेको निर्णय कति मर्मस्पर्शी छ । जो कसैले अनुभूत गर्न सक्लार ?
जो कोहिले कल्पना गर्न पनि सक्दैन– एउटा नारी भएर शान्ताले डाक्टर मामाप्रति गरेको निःस्वार्थ ‘लिभर दान’ । साँच्चै नै नेपाली समाजमा कोही होलान्र ? शान्ता जस्तो चुनौतीपूर्ण अवस्थामा पनि निःस्वार्थ भावले ओतप्रोत र प्रतिबद्ध नारी । वात्सल्य प्रेमकी खानी शान्ता आपंैmमा सरल र शान्त स्वभावकी मुर्धन्य पनि हुनभन्दा अत्युक्ति नहोला ।
लिभर क्यान्सरले जीवन मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको एउटा बिरामीलाई बचाउन आफ्नै शरिरको लिभर काटी जीवनदान दिनु न त उनमा कुनै स्वार्थ लुकेको थियो, न त घमण्ड नै । स्वार्थ थियो त केवल एउटा डाक्टरलाई पुनर्जीवन दिन सकियोस् । तर, आपैंm बिरामी, त्यसमाथि लाखांंै खर्च गर्नु पर्ने स्वास्थ्य परिक्षण र शल्यक्रिया गरेर बिरामी डाक्टरलाई लिभर दिनु पर्ने अवस्था । कति कहाली लाग्दो छ, शान्ताको जीवनको यो यथार्थ ।
डा. शर्मालाई आर्थिक हिसाबले सहयोग गर्नेहरु त निस्किए तर लिभर दिएर बचाउने अाँट कसैले गरेनन् । दिन्छु भनेर आएका उनका भतिज पनि नदिने टुङ्गोमा पुगे । जुन शान्ताले कति सजिलै निर्णय गरिन, म दिन्छु र बचाउँछु भनेर । शान्ता भन्छिन् –‘ मामा आफु डाक्टर भएर हजारौं बिरामीलाई बचाउनु भयो । आज एउटा डाक्टर मृत्युसँग संघर्ष गरिरहँदा बचाउने साहस कसैले गरेनन् । म आफु बिरामी, कमजोर शारिरीक अवस्था, स–साना छोराछोरी र जागिरे श्रीमान्, कमजोर आर्थिक स्थिति हुँदाहँुदै पनि मामाको बाँच्ने चाहनालाई मैले पु¥याउने आँट गरेकी हुँ ।’
वास्तवमा आफ्नै जीवनसंङ्गीनिले समेत जीवन मरणको दोसाँधमा लडिरहँदा पनि श्रीमान्लाई आफ्नो लिभर दिएर बचाउँछु भन्ने हिम्मत समेत गरिनन् । शान्ताभन्दा निकटसम्बन्ध भएका परिवारजनहरुले पनि आश देखाउँदै धोका दिंदै आए डाक्टर शर्मालाई । यसरी एउटा बिरामीको आत्मबल गिराउने काम भयो परिवारजनबाटै । डाक्टर निरोगी हुँदासम्म उनीबाट फाइदा लुट्ने आफन्त र साथीभाइ कति भए कति । कयौं बिरामीलाई उपचार गरेर पुनर्जीवन दिएका डाक्टरलाई लिभर दिएर बचाउन चाहने कोही भएनन् । कति स्वार्थी छ यो दुनियाँ ।
आफ्नो शारीरिक अशक्तताभन्दा पनि जीवन मरणको दोसाँधमा पिल्सिइरहेका मामाको बाँच्ने चाहनाले शान्तालाई अभिप्रेरित ग¥यो । जीवनभर सँगैबाँच्ने मर्ने कसम खाएकी श्रीमतीले शारीरिक अशक्तताको बीचमा शरिर चिरेर लिभर दिनेकुरा समेत आफन्तको मुखबाट थाहा पाउँदा कुन श्रीमान्को मन नकुँडिएलार ? हो, वरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोत्तम दाहाललाई यस्तै भयो । उनी श्रीमतीको त्यो निर्णय सुन्दा छाँगाबाट खसेजस्तै भए । एकछिन् त पत्याएनन् पनि उनले । तर सत्य आखिरमा सत्य नै त हुन्छ । पुरुषोत्तम दाहालको मन साह्रै कुडियो, भाँडियो । घरमा ससाना छोराछोरी, कमजोर आर्थिक अवस्था, त्यसमाथि बिरामी श्रीमती । भोली उनलाई नै केही हुनेपो हो की भन्ने चिन्ताले पिरोलिनु स्वभाविकै थियो । शान्ताको त्यो कठोर निर्णयलाई उनले स्वीकार गर्नुको विकल्प पनि त थिएन । उनी अत्यन्त दुःखीत भए । तर, एउटी नारीको महानतामा चोट पु¥याउन हँुदैन भनी शान्ताको निर्णयलाई स्वीकार गर्न बाध्य भए ।
आखिर जे नहुनु पर्ने थियो त्यो भयो । मनमा जतिसुकै पीडा र तनाव भएता पनि शान्ताकै निर्णयलाई शिरोधार्य गर्दै पुरुषोत्तम दाहाल मामा ससुरा डा. गोविन्द शर्मा र श्रीमती शान्ताको स्वास्थ्य परिक्षणदेखि यावत व्यवस्थापनमा जुटे । दुबैको शल्यक्रिया सफल बनाउने जिम्मेवारी पुरुषोत्तम कै काँधमा थोपरियो । कहिले दिल्ली त कहिले काठमाडौं । कम्ता दुःख पाएनन् उनले ।
बिरामी रहँदारहँदै पनि शान्ताले आफुलाई बचाउन चाहेकोले शान्ताको स्वास्थ्यलाई नियाल्नतिर भन्दा डा. गोविन्द शर्मा आफु बाँच्न पाउने आशाप्रति मात्र खुसी बने जस्तो अनुभूत भयो शान्तालाई । जब शान्ताले लिभर दिने निर्णय सुनाइन त्यसपछि डाक्टर मामाबाट विभिन्न सहयोग गर्ने प्रलोभन देखाइयो । सबै दुःख, सुख र ब्यबहारमा आफ्नो दायित्व र जिम्मेवार छ भन्ने आश्वासन आए । त्यसप्रति शान्ताको कुनै चासो र आशा पनि थिएन । त्यसो त शान्ता कुनै प्रलोभनमा परेर लिभर दान गर्न लागेकी थिइनन्, थिइन त केवल बिरामी मामाको अझै बाँच्ने तृष्णालाई पुनर्जन्म दिन । जब डाक्टर मामाको लिभर प्रत्यारोपण सफल भयो, मृत्युशैयाबाट पुनर्जन्म पाए । त्यसपछि डाक्टर मामाले शान्तालाई न कुनै सहयोग गर्न सके, न त कुनै जिम्मेवारी नै बहन गरे । विस्तारै मामा भान्जीको त्यो सम्बन्ध विगतको जस्तै घुरमैलो बन्दै गयो । डा. गोविन्द शर्मासँग मात्र आफु बाँच्न पाउनु पर्छ भन्ने स्वार्थ थियो भने शान्तासँग निःस्वार्थ भावना र चुनौतीसँग जुध्ने साहस र त्याग थियो ।
मानिसका जीवनमा दुःख र सुखका आ–आफ्नै अनुभूति र परिभाषा हुन्छन् । शान्ताको जीवन सधैं दुःख र सङ्र्घषमै बित्यो । छोराछोरी, सासु, ससुरा, देवरहरु तथा घरपरिवारप्रति बहन गर्नुपर्ने जिम्मेवारी । ‘जीवनमा दुःख के हो र सुखानुभूति के हो भन्ने ठम्याउन सकिन’ भन्ने शान्तालाई काठमाडौंमा घामपानी छेक्ने एउटा छाप्रो बनाउन पाए हुन्थ्यो भन्ने सधैंको पिरलो हुन्थ्यो । तर कसरी घर बनाउने ? एक जनाको कमाइ, धेरैजनाको पेट भर्नु र पढाउनु पर्ने दायित्व, त्यसमाथि पाहुनापाछाको ओहिरो । सम्झदा नै कहाली लाग्थ्यो शान्तालाई । श्रीमान्ले गर्नु भएको ऋण जोहो, चिनेजानेका साथीभाईहरुको सहयोगी र फराकिलो मनले जब कपनमा थोरै जग्गा किनेर २०५३ सालमा सानो घर बन्यो त्यो दिन शान्ताका लागि जीवनमै पहिलो खुसीको बहार आयो ।
यतिमात्र होइन, शान्ताको लिभर दान गर्ने निर्णयबाट नेपाली साहित्यले एउटा वास्तविक घटनाको जीवन्त कृति पायो त्यो हो ‘शान्ता’ उपन्यास । सिङ्गो उपन्यास शान्ताकै सेरोफेरोमा छ । एउटा नारीले मृत्युुशैयामा छटपटाइरहेको डाक्टरलाई बचाउन गरेको निःस्वार्थ त्याग र साहसप्रति पुरुषोत्तम दाहालले ‘शान्ता’ उपन्यासमार्फत् नारी हृदयलाई उजागर गरिदिएका छन् ।
‘शान्ता’ उपन्यास रगतले कोरिएको र आँशुले सिङ्गारिएको कृति हो भन्छन् कृतिकार पुरुषोत्तम । उनी भन्छन्– ‘म विछिप्त अवस्थामा पुगेको थिए, यदि यो ‘शान्ता’ उपन्यास नलेखिंदो हो त मैले सुसाइट गर्थे’ । नारी सम्वेदना र श्रीमतीको निर्णयबाट विक्षिप्त बनेका पुरुषोत्तम दाहालको शब्दवान्कीले सिङ्गारिएको शान्ता उपन्यास पढ्ने जो कोहीले आफ्नो मन चसक्क दुखेको अनुभूत गर्नेमा कुनै सन्देह छैन । शान्ताले मृत्युवरणको सङ्घारमा पुगेका डाक्टर मामालाई पुनर्जन्म मात्र दिइनन् नेपाली साहित्यको फाँटमा एउटा सशक्त कृति लेख्नका निम्ति श्रीमान्को लागि उर्भरभूमि समेत बन्न पुगिन् ।