वीरगञ्ज– प्रहरीले खैरो हिरोइनलगायत अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित प्रहरीले बाराको निजगढ नगरपालिका–७ माझीटोल बस्ने लोकबहादुर रानामगर, रवि तामाङ, वडा नम्बर ६ बस्ने दिनेश थापा र मेघराज तिमल्सिनालाई पक्राउ गरेको हो ।

लोकबहादुर रानामगरले आफ्ना घरमा लागूऔषध बिक्री गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले रानामगरको घरबाट लागूऔषध डाइजोपाम, नुर्फिन, फेनारागन २८÷२८ पिस र लागूऔषध खैरो हिरोइन १ ग्राम २० मिलिग्राम बरामद गरेको छ ।

लागूऔषधको बारेमा अनुसन्धान गर्ने क्रममा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।