काठमाडौं –साताको चौथो दिन आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

यस्तैगरी आज तेजाबी सुनको मूल्य भने तोलामा ४ सय रुपैयाँले नै वृद्धि हुँदै ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । तर, यता चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार १ सय ६० रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।