काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ । यो जितसँगै मुम्बईले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । मुम्बई १३ खेलमा १२ अङ्क जोडेर पाँचौं स्थानमा उक्लिएको छ । शारजाहमा गए राति भएको खेलमा राजस्थानले दिएको ९१ रनको झिनो लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।

मुम्बईका इशान किशनले अविजित ५० रन जोड्दै अर्धशतकीय पारी खेले । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो ।

राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए । मुम्बईका नाथन कल्टर नायलले चार, जेम्स निशमले तीन तथा जस्प्रित बुम्राहले दुई विकेट लिए । आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच खेल हुनेछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।