काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीहरूका लागि १३ दशमलव ०३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३ दशमलव ०६ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।