काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । हिजो बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार हाल कायम रहेको चुक्ता पुँजीको ५ दशमलव २६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २०० रुपैयाँ कर प्रयोजनको लागि रहने कम्पनीले जनाएको छ ।

यद्यपि, उक्त लाभांश बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रहेको छ ।