काठमाडौं — बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले आज बिहान पशुपति नाथको मन्दिरमा दर्शन गरेको भिडियो सार्वजनिक गरेका हुन् ।


खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताउनुभएको छ । उहाँले सबैको सुस्वास्थ्य र शान्तिको कामना गर्दै, “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु ।

म धेरै खुसी छु,” उहाँले भन्नुभएको छ । उहाँ फिल्म ‘उचाई’ को सुटिङका लागि बोमन इरानी, परिणिती चोपडासहित काठमाडौँ आउनुभएको हो ।