धनुषा – धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प) मा गएराति लुटपाट भएको छ । लुटेराको समूहले नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।

६/७ जनाको समूहमा आएका लुटेराको समूहले उक्त आयल स्टोरको ढोका फोडी आयल सञ्चालक विदेह नगरपालिका–८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको उक्त नगद लुटी फरार भएको बताइएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्दा एवं सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।