काठमाडौं – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई हिजो सोमबार पक्राउ गरेको हो । तात्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेप कर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीबाट प्राप्त जानकारी अनुसार, निक्षेप कर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई हिजो सुन्धाराबाट पक्राउ गरिएको हो ।

सिआइबीको अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो । तामाङले सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको ४६ करोड ठगी गरेको आरोप छ । उनलाई सम्पती शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । विभागले उनिसँग पटक–पटक बयान लिएको छ । बयानका क्रममा इच्छाराज तामाङले पेश गरेको कागजात सम्पती शुद्धीकरणले विश्लेषण गरिरहेको छ ।