इटहरी – सुनसरीमा एक महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट भएको घटना सार्वजनिक भएको छ । इटहरी उपमहानगरपालिका–८ की ३० वर्षीया महिलामाथि १५ असोजमा सामूहिक बलात्कारपछि उनको गरगहना लुटपाट भएको घटना सार्वजनिक भएको हो ।

ती महिला बेलुका ‘इभिनिङ वाक’ निस्केको बेला धान खेतमा लगेर सामूहिक बलात्कारपछि गरगहना लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनकारीका डीएसपी अर्जुन केसीले जानकारी दिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये चार जना नाबालक छन् ।

पक्राउ परेकामध्ये इटहरी १४ का सुनिल चौधरीमात्रै २७ वर्षको भएका कारण उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पीडित महिलाकै उजुरीका आधारमा उनीहरू पक्राउ परेको डीएसपी केसीले बताए । महिलाको इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।