काठमाडौं – युवापुस्तामाझ चर्चित ¥यापर समिर घिसिङ ‘भिटेन’ले पनि अब फिल्ममा काम गर्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिँदै हालै एक फिल्ममा अनुबन्धित भएका हुन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ मा उनलाई नायकको रुपमा देखिनेछ ।

हिजो आइतवार राजधानीमा आयोजित फिल्म ‘डाँडाको बर पीपल’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको जानकारी दिए ।

यद्यपि, उनले पारिश्रमिकको विषयमा भने खुलाएनन् । यो फिल्म ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुनेछ । रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए ।