काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११ दशमलव २४ प्रतिशत बोनस सेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८ सय ३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने नगद लाभांशतर्फ कुल ७७ करोड ३८ लाख ४८ हजार ८ सय ८४ रुपैयाँ चर्चिनेछ । लाभांश भने नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ । गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १८ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।