काठमाडौं – इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । लिभरपुलले साविक विजेता म्यानचेस्टर सिटीसँग २–२ को गोलको बराबरी खेलेको हो । ५९औं मिनेटमा साडियो मानेले गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि फिल फोडिनले सिटीलाई खेलमा फर्काएका थिए ।

७६औं मिनेटमा मोहम्मद सलाहले पुनः लिभरपुलाई अग्रता दिलाएका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा केभिन डि ब्रुयनाको गोलमा म्यानचेस्टर सिटीले लिभरपुलसँग हारको सङ्कट टारेको थियो । खेलमा दुई पटक अग्रता बनाउँदा समेत घरेलु टोली लिभरपुल बराबरी गर्न बाध्य भयो । बराबरीसँगै लिभरपुल सात खेलमा १५ अंकसहित दोस्रो स्थानमा छ । १४ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ ।

समान खेलमा समान १४ अङ्कका साथ म्यानचेस्टर युनाइटेड, एभर्टन र ब्राइटन क्रमशः चौथौ, पाँचौं र छैटौं स्थानमा छ ।राति नै भएको खेलमा टोटनहमले एस्टन भिल्लालाई २–१ र ब्रेन्टफोर्डले बेस्टहम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेका छनं । यस्तै क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेले ।